सूचनाको शक्ति - The Power Of Information

        

आज अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्य अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४१ पैसा र बिक्रीदर १०० रुपैयाँ ८५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा निर्धारण गरेको छ ।

त्यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० कोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३५३ रुपैयाँ १७ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.37 135.97
eur (European Euro)
1 142.02 142.65
gbp (UK Pound Sterling)
1 171.28 172.04
chf (Swiss Franc)
1 151.46 152.13
aud (Australian Dollar)
1 86.25 86.63
cad (Canadian Dollar)
1 95.21 95.63
sgd (Singapore Dollar)
1 100.41 100.85
jpy (Japanese Yen)
10 8.82 8.85
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.02 36.18
qar (Qatari Riyal)
1 37.13 37.30
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.86 37.02
myr (Malaysian Ringgit)
1 30.42 30.56
krw (South Korean Won)
100 9.44 9.48
sek (Swedish Kroner)
1 12.33 12.39
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 439.71 441.65
bhd (Bahrain Dinar)
1 358.88 360.47
omr (Omani Rial)
1 351.61 353.17

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतवार ०६:१०

लोकप्रिय