पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर मौसम आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । आज कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आज दिउसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर मौसम मुख्यतया सफा रहनेछ भने राति देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, काठमाडौंमा आज यस वर्षकै न्यून तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान ५ः४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । ‘बिहान बिहान ५ः४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ,’ मौसमविद् विनु महर्जनले भनिन् ।
उनका अनुसार यो तापक्रम यो वर्षका लागि हालसम्मकै न्यून तापक्रम हो । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो । दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं