हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ । महाशाखाले बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सबैमा अनुरोध गरेको छ ।
यसैबीच, काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि काठमाडौंको मौसम भने सफा रहनेछ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो ४ डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए ।
आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहनेछ । बादल नलागेर आकास खुला हुँदा तापक्रम घट्ने गरेको मौसमविद् पुडासैनीले जानकारी दिए । आज सूर्योदय बिहान ६ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । ‘काठमाडौंमा आज मौसम सामान्यतया सफा रहनेछ,’ मौसमविद् पुडासैनीले भने, ‘केही भू–भागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं