सूचनाको शक्ति - The Power Of Information

        

बदला लिन ११० जनाको छानीछानी हत्या

क्यारेबियन टापु देश हाइटीमा बोक्सीको आशंकामा सयभन्दा बढीको हत्या गरेको घटना सार्वजनिक भएको छ । नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कले बताएअनुसार हाइटीको साइट सोलेल बस्तीमा सप्ताहन्तमा करिब ११० जनाको हत्या भएको छ ।

एक गुण्डानाइकेलाई आफ्नो बच्चालाई बोक्सीको माध्यमबाट बिरामी बनाउने मानिसहरी ती वृद्धहरू हुन् भन्ने शंका लागेपछि ती गुण्डानाइकेले वृद्धहरूलाई लक्षित गरेर छानीछानी हत्या गरेका हुन् । मोनेल ‘मिकानो’ फेलिक्स नामका गुण्डानाइकेले आफ्नो भिव अन्सनम नामको आपराधिक समूहका सदस्यहरूसँग मिलेर यो नरसंहार गरेका थिए ।

आरएनडीडीएचका अनुसार फेलिक्सको बच्चा बिरामी भएपछि उनले वूडू पादरीसँग सल्लाह मागेका थिए । ती पादरीले त्यही क्षेत्रका वृद्धहरूले बोक्सीविद्या मार्फत बच्चालाई हानि पुर्याएको आरोप लगाए । यसपछि फेलिक्सले आफ्ना गुण्डाहरूलाई नरसंहारको आदेश दिए ।

उक्त गिरोहका सदस्यहरूले शुक्रबार ६० जना र शनिबार ५० जनाको चक्कु र छुरा प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएकाहरू सबै ६० वर्षभन्दा माथिका थिए । घटना भएको क्षेत्र राजधानी पोर्ट–ओ–प्रिन्सको बन्दरगाह नजिकैको घना जनसंख्या भएको बस्ती हो । यो हाइटीको सबैभन्दा गरीब र सबैभन्दा हिंसात्मक क्षेत्रहरू मध्ये एक हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १६:५०

लोकप्रिय