२०८१ मंसिर २३ गते, आइतवार, ८ डिसेम्बर २०२४ । मार्ग शुक्लपक्ष सप्तमी तिथि, ७ः४१ बजेपछि अष्टमी । शतभिषा नक्षत्र, १४ः४५ बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।
धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ ।
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ । कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ ।
उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्नेछ । शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ । फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । जीवनस्तरमा परिवर्तन ल्याउन निकै मिहिनेत गर्नुपर्ला । भविष्यका लागि जग बसाउन सकिनेछ ।
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । तर, गोपनीयतामा ध्यान पुर्याउनुहोला । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।
व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारतर्फ आर्थिक लाभ हुने समय छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ ।
कुनै परिस्थितिसँग सम्झौता गर्नुपर्दा काममा उल्झन आउन सक्छ । अध्ययनमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । मिहिनेतले उपलब्धिका साथ सम्मानित स्थान दिलाउन सक्छ ।
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् ।
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर छ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने पहिलेको स्थितिमा सुधार आउनेछ । अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । नयाँ साथीभाइ भेटिनेछन् । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ ।
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ । शुभचिन्तकहरू समेत टाढा हुने समय छ । धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । समय दिन नसक्दा नियमित काममा बाधा हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं