२०८१ मंसिर २१ गते, शुक्रवार, ६ डिसेम्बर २०२४ । मार्ग शुक्लपक्ष पञ्चमी तिथि, १०ः५६ बजेपछि षष्ठी । श्रवण नक्षत्र, १६ः५१ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर ।
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । कामको प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तापनि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । तर आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । श्रम परे पनि चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउन सक्छ ।
सामान्य काममा धन र श्रम खर्चनुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । समयमै सावधान हुँदा क्षति कम हुनेछ ।
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ । सहयोगी जुटाउन नसकिएला । प्रतिस्पर्धामा आफ्नो उपलब्धि कमजोर रहला । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । नियमित कामबाट सामान्य लाभ भइरहनेछ ।
परिस्थिति अनुकूल देखिए पनि नजिकका व्यक्तिबाट आँटेको काममा बाधा पुग्नेछ । शुभचिन्तकहरूले गलत कदम उठाउनबाट जोगाउने चेष्टा गर्न सक्छन् । अरूको हस्तक्षेपले कालान्तरमा आफैंलाई फाइदा पुग्नेछ । प्रयत्न गर्दा बिस्तारै चिताएका काम पनि सम्पादन हुनेछन् । सानो सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ । स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ । अनावश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहनुहोला ।
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । लेनदेनमा होसियार रहनुहोला । काम पूर्ण नभए पनि मिहिनेतको फल प्राप्त हुनेछ । व्यापारमा आंशिक लाभ हुनेछ ।
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो काम थाल्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने समय छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ । खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसर खोज्न लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेत परे पनि तत्काल काम पूर्ण नहुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।
दिन उत्साहवर्द्धक रहनेछ । आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । मिहिनेतले आम्दानी बढाउनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं