भाटभटेनी सुपरमार्केटमा ढुसी परेको नरिवल फेला परेको छ । त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा प्याक गरिएको र विक्रीको लागि राखिएको नरिवल अखाद्य भेटिएको हो ।
ग्राहकले यसबारे काठमाडौं महानगरपालिकालाई कल सेन्टर (निःशुल्क नम्बर ११८०) मा उजुरी गरेपछि महानगरले अनुगमन गरेको थियो ।
महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीबाट अनुगमन गर्दा नरिवलमा अखाद्य ढुसीजन्य पदार्थ भेटिएकोले प्राविधिकको रोहवरमा नष्ट गरी थप कारवाहीको लागि कृषि तथा पशुपन्छी विभागमा ल्याइएको महानगरले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं