सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो । चितवन उनको निर्वाचन क्षेत्र पनि हो ।

उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् । यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार ०९:३९

लोकप्रिय