एनपीएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । जनकपुरले सोमबार विदेशी स्टार खेलाडीले भरिएको कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको थियो । कर्णालीको भने यो पहिलो खेल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा क्याप्टेन अनिल साहले नटआउट ६२ रन बनाए । जारी एनपीएलमा यो पहिलो अर्धशतक हो । ४२ बलको सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे ।
आसिफ शेख ३६ रनमा मौसम ढकालको बलमा देव खनालबाट क्याच आउट भए । अनिल र आसिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । लाहिरु मलान्थाले २४ रन बनाए । उनी जिसान मक्सुदको बलमा एलबीडब्लू धरापमा परे । जेम्स निसाम १६ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । कर्णालीका लागि गुल्शन झाले ३६, अर्जुन घर्तीले ३३ र सोमपाल कामीले नटआउट २९ रन बनाए । अन्तिम दुई ओभरमा सोमपाल र अर्जुनले ४३ रन जोडेपछि कर्णाली १४१ रनको योगफल तयार पार्न सफल भएको थियो । दुवैले सातौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।
शिखर धवन १४, चाड्वीक वाल्टन ८, बाबर हायात १२ र जिशान मक्सुद शुन्य रनमा पवेलियन फर्के । बाबरले गुल्शन झासँग मिलेर पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । जनकपुरका लागि मोहमद मोहसिनले २ तथा ललित राजवंशी, किशोर महतो, हर्स ठाकर र जेम्स निसामले एकएक विकेट लिए । अर्का एक जना भने रनआउट भए । सोमबार नै भएको पहिलो खेलमा चितवन राईनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।
एनपिएल मा जनकपुर बोल्ड्सका कप्तान अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्। यससँगै उनी एनपीएलमा अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी समेत बने । खेलको १२.३ ओभरमा कर्णाली याक्सका बलर जिसन मक्सुदको बलमा अनिल साहले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
हाल उनले ४० बलको सामना गर्दै ६० रन बनाएर खेलिरहेका छन्। यस क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे । क्रजमा उनलाई जेम्स निशामले साथ दिइरहेका छन् । यसअघि आसिफ शेखले ३६ र लाहिरु मिलन्थाले २४ रनको योगदान दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं