मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय अपनाइरहेका पनि छन् । बिहान खाली पेटमा छिटो छिटो हिड्दा मोटोपना कम हुन्छ भन्ने धेरैलाई लाग्छ ।
तौल घटाउने उपायका रूपमा खाली पेट हिँड्ने बानी हालै चर्चामा आएको हो । यसलाई ‘फास्टेड कार्डियो’ पनि भनिन्छ । यो अभ्यास तब गरिन्छ जब व्यक्तिले लामो समयसम्म केहि पनि खाएको हुन्न, जस्तै बिहान उठेपछि । वैज्ञानिक दृष्टिकोणले यसो गर्दा धेरै फाइदा हुन सक्छ तर यसलाई अपनाउनुअघि केही कुरालाई ध्यानमा राख्नुपर्छ ।
जब तपाईं खाली पेटमा हिँड्नुहुन्छ, शरीरले ग्लुकोज वा ऊर्जाको लागि तत्काल अन्य स्रोतहरू पाउँदैन । यस्तो अवस्थामा शरीरले पहिले नै जम्मा भएको बोसोलाई टुक्रयाएर ऊर्जा लिन्छ । यो प्रक्रिया तौल घटाउन मद्दत गर्न सक्छ ।
खाली पेटमा हिड्दा पनि मेटाबोलिज्ममा तीव्रता आउन सक्छ, जसले क्यालोरी जलाउने प्रक्रियालाई गति दिन्छ । यसले वजन घटाउने प्रक्रियालाई अझ राम्रो बनाउन सक्छ ।
खाली पेटमा हिँड्दा तौल घटाउन मद्दत मिल्ने भएतापनि यो सबैका लागि फाइदाजनक नहुन सक्छ । रगतमा चिनीको मात्रामा समस्या भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहविना यसो गर्नु हुन्न ।
तपाईंको लक्ष्य पेटको बोसो घटाउने छ भने दैनिक ३० देखि ४५ मिनेट छिटो–छिटो हिँड्दा फाइदा हुन्छ । यसले शरीरमा क्यालोरी बर्न गर्ने प्रक्रियालाई गति दिन्छ र पेटको बोसो घटाउन मद्दत गर्छ ।
तीव्र गतिमा हिड्दा सामान्य हिड्दाभन्दा धेरै क्यालोरी जल्छ । तपाईं ५–७ किलोमिटर प्रति घण्टाको गतिमा हिड्ने प्रयास गर्न सक्नुहुन्छ । हिड्दा, अन्तराल अर्थात् इन्टरभल वाकल प्रयोग गर्नु लाभदायक छ । यसमा केही मिनेटको लागि छिटो हिड्ने अनि त्यसपछि केही मिनेट सामान्य गतिमा हिड्ने गरिन्छ । यसले वजन घटाउने प्रक्रियालाई बढावा दिन्छ ।
पेटको बोसो घटाउन बिहानको समय विशेषगरी लाभदायक हुन्छ किनभने त्यस समयमा शरीर बढी सक्रिय हुन्छ र मेटाबोलिजम तीव्र हुन्छ । खाली पेटमा हिड्नु तौल घटाउने प्रभावकारी उपाय हुन सक्छ, तर यसलाई संयमित रुपमा अपनाउन जरुरी छ ।
तौल घटाउन हिड्नुका साथै स्वस्थ आहार, पर्याप्त मात्रामा पानीको सेवन र पर्याप्त निद्रा पनि महत्त्वपूर्ण हुन्छ । कुनै पनि फिटनेस योजना अपनाउनु अघि आफ्नो स्वास्थ्य अवस्था अनुसार उचित सल्लाह लिनु राम्रो हुन्छ भन्ने कुरा चाँहि विचार गर्नुहोला ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं