सूचनाको शक्ति - The Power Of Information

        

एमालेको जागरण सभाका ‘कमाण्डर’ कम्बोडिया उडेपछि…

निराशा चिर्ने र उत्साह जगाउने भन्दै नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई कम्बोडिया उडेका छन् ।

नेकपा एमालेले मंसिर ७ को जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्जसमेत रहेका नेता भट्टराईलाई तोकेको थियो । तर भट्टराई कार्यक्रमको दुई दिनअघि कम्बोडिया उडेका हुन् । बुधबार साँझ भट्टराई आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कम्बोडिया प्रस्थान गर्न लागेको बताएका छन् ।

‘क्यम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु,’ भट्टराईले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी अनुपस्थितिमा क.कैलाश ढुङ्गेलले सम्हाल्नु हुने जानकारी गराउन चाहन्छु ।’ ढुंगेल जागरण सभाका सहसंयोजक हुन् । एमालेले मंसिर ७ गते एक लाख मानिससहित दरबार मार्गमा शक्ति प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ०४:३६

लोकप्रिय