राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।
आइक्यू एयरको बिहान साढे ९ बजेको मापन अनुसार काठमाडौँको एक्यूआई १७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ ।
त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं