सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको भाउले आज लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालले जनाएको छ ।

महासङ्घका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । हिजो छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १ हजार ३०० सय रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रूपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ९५० मा कारोबार भएको आजका लागि भने १ हजार ९८० रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२:०६

लोकप्रिय