आज २०८१ भदौ २० गते बिहीवार, ५ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, द्वितीया तिथि १०ः०४ बजेपछि तृतीया । हस्त नक्षत्र । चन्द्रराशि कन्या ।
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।
अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि दिलाउनेछ । काम पूरा नभए पनि लाभ हुनेछ । व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्च लागे पनि आवश्यक भौतिक साधन जुट्नेछन् । मिहिनेत परे पनि श्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । नियमित काम सम्पादन गर्न सकिनेछ ।
पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । तर खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम सञ्चय नहुन सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।
श्रम परे पनि विशेष फाइदा हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । शारीरिक कमजोरीले आँटेको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।
यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । मिहिनेतले उपलब्धि दिलाउन सक्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं