सूचनाको शक्ति - The Power Of Information

        

इन्धनको मूल्य घट्यो, अब कतिमा किन्न पाइन्छ ?

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो ।

पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६३ तथा डिजेल र मट्टितेल लिटरको उपभोक्ताले १५४ मा किन्न पाइनेछ ।

यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतवार ०८:१७

लोकप्रिय