सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ ।

अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा थियो । हिजोसम्मको लागि यो अमेरिकी डलरको उच्च महँगो रेकर्ड थियो । तीन दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर मंगलबार केही घटेको थियो ।

हिजो र आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा थियो ।

विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.66 134.26
EUR  (European Euro) 1 144.89 145.54
GBP  (UK Pound Sterling) 1 172.52 173.30
CHF  (Swiss Franc) 1 150.62 151.30
AUD  (Australian Dollar) 1 88.23 88.63
CAD  (Canadian Dollar) 1 96.97 97.41
SGD  (Singapore Dollar) 1 99.42 99.87
JPY  (Japanese Yen) 10 8.65 8.69
CNY  (Chinese Yuan) 1 18.37 18.45
SAR  (Saudi Arabian Riyal) 1 35.63 35.79
QAR  (Qatari Riyal) 1 36.65 36.82
THB  (Thai Baht) 1 3.70 3.71
AED  (UAE Dirham) 1 36.39 36.55
MYR  (Malaysian Ringgit) 1 28.61 28.73
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 12.38 12.44
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 17.12 17.19
KWD  (Kuwaity Dinar) 1 437.11 439.07
BHD  (Bahrain Dinar) 1 354.60 356.19

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ०६:३२

लोकप्रिय