सूचनाको शक्ति - The Power Of Information

        

भारतले नेपाललाई ७०० करोड भारु अनुदान दिने

भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४–०२५ का लागि ७०० करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख छ ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ। भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने गर्छ । भुटानलाई आगामी वर्ष भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

भारत सरकारले मंगलबार ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४ लाख ५४ हजार ७७३ करोड भारु छुट्याएको छ । त्यसपछि ग्रामीण विकासमा २ लाख ६५ हजार ८०८ करोड र कृषितर्फ १ लाख ५१ हजार ८५१ करोड भारु छुट्याएको छ ।

तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो । एनडीए गठबन्धनको मुख्य घटक जेडीयू र टीडीए शासित राज्य बिहार र आन्ध्र प्रदेशका लागि बजेटमा छुट्टै ठूलो घोषणा गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १५:५०

लोकप्रिय