शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१–०८२ को शिक्षक पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञापन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ ।
पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ । त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ ।
अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको लागि आगामी साउनमा विज्ञापन आह्वान हुनेछ भने असोजमा परीक्षा हुनेछ । त्यस्तै निम्न माध्यमिक तहको हकमा भदौमा विज्ञानपन आह्वान हुनेछ भने कात्तिकमा परीक्षा सञ्चालन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं