सूचनाको शक्ति - The Power Of Information

        

वाटर ड्रोनबाट खोजिँदै त्रिशुलीमा बेपत्ता बस

शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानीभित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोरसहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो ।

टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौं जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार १०:३५

लोकप्रिय