पछिल्लो समय शाकाहारी बन्ने ट्रेन्ड नै चलेको छ । धेरैजसो मानिसहरू भेगन खाना रुचाइरहेका छन् । तर हाम्रो शरीरलाई आवश्यक चीज हो प्रोटिन । मानव शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ । शरीरको कुनै पनि अङ्ग जस्तै मांसपेशी, हाड बन्न प्रोटिन नै चाहिन्छ बलको काम गर्न, बिरामीबाट तङ्ग्रिन पनि शरीरमा पर्याप्त प्रोटिन चाहिन्छ ।
एक सामान्य वयस्क व्यक्तिलाई दैनिक तौलको प्रति किलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्तिका लागि प्रति किलोग्राम तौलमा १ ग्रामदेखि १.५ ग्राम प्रोटिनको दैनिक मात्रा आवश्यक हुन्छ ।
साना बालबालिकाको कुरा गर्ने हो भने उनीहरूलाई पाँच वर्षको उमेरअघि नै दैनिक १० ग्राम प्रोटिन चाहिन्छ । गर्भावस्थामा भने महिलालाई सामान्य अवस्था भन्दा बढी प्रोटिनको जरुरत पर्छ । प्रोटिनको कमीले गर्दा आमा र बच्चामा रगतको कमी पनि हुन सक्छ । स्वस्थ रहन पोषण तत्त्वसँगै प्रोटिन असाध्यै जरुरी छ ।
अण्डा र पनिर दुवैमा प्रोटिनका साथै अन्य थुप्रै पोषक तत्त्व जस्तै क्याल्सियम, बी–१२ र आइरन हुन्छन् । शाकाहारीले प्रोटिनका लागि दाल, गेडागुडी र पनिर खानुपर्छ भने मांसाहारीका लागि विभिन्न विकल्प छन् । स्वस्थकर र सन्तुलित भोजन खाए पछि शरीरमा पर्याप्त प्रोटिन पुग्छ । किनभने भात, रोटी, कोदो, फापर, जौँ आदिमा पनि अलिअलि प्रोटिन त हुन्छ नै तर प्रोटिन खाने भनेर जथाभाबी धेरै खाँदा समस्या हुनसक्छ ।
प्रोटिनको धेरै सेवन पनि हानिकारक हुनसक्छ । यसले मिर्गौलालाई दबाब दिएर क्षति पनि पुर्याउन सक्छ । भटमास बकुल्ला, दाल, गेडागुडी, गहत, दूध, फर्सीको बियाँ, तिल आलस आदिमा पनि प्रोटिन पाइन्छ । हाम्रो घरमा पाइने सिमी प्रोटिन र रेसादार तत्त्वको निकै राम्रो स्रोत हो । चना, मुँगी, दालजस्ता उमारिएको गेडागुडीमा प्रोटिन निकै बढी पाइन्छ ।
एक कप उमारिएको अन्नमा १३ देखि १६ ग्रामसम्म प्रोटिन हुन्छ । शाकाहारीले आफूलाई प्रोटिन पुग्दैन कि भनेर डराउनु पर्दैन । विभिन्न शारीरिक समस्या भएका, मधुमेह, मिर्गौला, मुटुका समस्या भएकाहरूले कति प्रोटिन प्रयोग गर्नुपर्छ भनेर चाहिँ स्वास्थ्यकर्मीसँग परामर्श गर्नै पर्छ । सहजसँग पाइन सक्ने चनाको सातु एउटा उत्तम घरमा बनाउन सकिने प्रोटिनले भरिपूर्ण भोजन हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं