कारबाहीमा परेका रास्वपाका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सत्ता लिप्सामा चुर्लुम्मै डुबेर रमाउन थालेको आरोप लगाएका छन् । पार्टीमाथि आएको संकट समाधानका लागि आफूले प्रस्ताव राख्दा सभापति लामिछाने नियोजित रुपमा लागि परेको दाबी गरेका हुन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै लामिछानेलेलाई पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाको शैली मन परेकाले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएको उल्लेख गरे । उनले लामिछाने अझै पनि संविधानको धारा ७६ (३) अनुसार देउवाको नेतृत्वमा सरकार बन्ला भनेर गृहमन्त्रीको पदमा बसिरहेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा ढकालले भने, ‘अझै पनि उहाँ देउवाको सरकार बन्ला ७६ (३) भनेर कुरेर बस्नुभएको छ । त्यहीँ भएर सरकार छाड्नुभएको छैन । ओली, दाहाल, देउवाको शैली मन पर्नेलाई मेरो मन नपर्नु स्वभाविक हो ।’ ढकाले लामिछानेका सहयोगीले आफूलाई पटक पटक कुटपिट गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘मलाई पटकपटक दीपक बोहोरा पिट्न आए । म नरम भएर बसे ।’ उनले आफूलाई केन्द्रीय सदस्यहरुले कडारुपमा प्रस्तुत भइदिनुहोस् भनेपछि फरक शैलीमा प्रस्तुत भएको बताए । उनले भने, ‘मलाई केन्द्रीय सदस्यले पार्टी जोगाउन कडा भइदिनुहोस् भनेर पटक पटक भनेकाले यो शैलीमा प्रस्तुत भएको हो ।’ उनले आफूलाई महामन्त्री र प्रवक्ताको पदबाट निलम्बनमा नपरेको दाबी गरे ।
आफू रवि लामिछानको क्लबबाट मात्रै निस्कासनमा परेको उल्लेख गरे । सभापति लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताए । असार १९ गतेको केन्द्रीय समिति बैठकले महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहनेगरी सबै जिम्मेवारीबाट वर्खास्त गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं