सूचनाको शक्ति - The Power Of Information

        

हालसम्म ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना बेपत्ता भएका छन् ।

बाढीपहिराका कारण ३८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, ५९५ घर विस्थापित भएका छन् । बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७०० बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १२:४१

लोकप्रिय