सूचनाको शक्ति - The Power Of Information

        

अविरल वर्षाले त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित

आज देशभर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण हवाई उडानहरु प्रभावित भएका छन् । निरन्तरको वर्षाले भिजिबिलिटी कम भएपछि अन्तर्राष्ट्रिष्य विमानस्थलबाट हुने हवाई उडानहरु प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको उडान र अवतरण प्रभावित भएको हो । आन्तरिकतर्फका उडान बिहानैदेखि डिले भइरहेका छन् । अन्तर्राष्ट्रयतर्फका उडान र अवतरण भने भइरहेका छन् ।

अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनले भने, ‘अन्तर्राष्ट्रियतर्फ सबै सामान्य नै रहेको छ । ठूलो पानी परेको बेला उडान केही ढिला हुन सक्छ तर अहिलेसम्म सामान्य नै रहेको छ । आन्तरिकतर्फ भने उडान डिले भइरहेको छ ।’

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १५:४३

लोकप्रिय