दाङको लमही नगरपालिका–७, हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका तीनमध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका–२ का १९ वर्षीय राजकुमार यादव राप्तीको बाढीले बगाउँदा बेपत्ता भएका हुन् । उनीसँगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको हो ।
एकै स्थानका उनीहरू दूध बिक्री गर्न लमही गएर फर्किने क्रममा राप्ती नढीको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको र दुई जनालाई सिमलको रूखमा चढेर सुरक्षित बसेको अवस्थामा उद्धार गरिएको हो ।
उनीहरूलाई सशस्त्र प्रहरीको ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले उद्धार गरेका हुन् । बेपत्ता युवकको खोजी भइरहेको सुरक्षाकर्मीले बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ