२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८१ असार २३ गते शनिबार

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ ।

कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन् ।

बाटो खुलाउने प्रयास भइरहेको कर्णाली  प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरबहादुर ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार