राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन तयार भएको छ । देशदौडाहमा निस्केर ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए । अहिलेकै अवस्थामा पार्टी चलिरहे आउँदो चुनावमा पार्टी विघटन हुने विषय समेटिएको प्रतिवेदनका केही अंश ढकाल स्वयंले नै यसअघि सार्वजनिक गरेका थिए । पार्टीभित्र छलफल नहुँदै प्रतिवदेन सार्वजनिक गरेको भन्दै रास्वपाभित्र उनको आलोचना भएको थियो ।
बुधबारको बैठकमा डा.ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए । तर, सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न उनलाई रोक लगाएका थिए । त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए । महामन्त्री डा.ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेका थिए ।
अहिलेकै अवस्थामा पार्टी चलिरहे आउँदो चुनावमा पार्टी विघटन हुने विषय समेटिएको प्रतिवेदन तयार गरेपछि रास्वपामा भाँडभैलो मच्चिएको थियो । यो प्रतिवेदन सार्वजनिक नहुँदै रास्वपाले उनलाई कारबाही गर्ने प्रक्रिया सुरु गरी निलम्बनमा राखिसकेको छ । प्रतिवेदन रास्वपाको नभएर ढकालको मात्र भएको बताइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं