नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार मध्य राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको बनाउने सहमति दुई दलबीच भएको छ ।
यसका लागि दुई तिहाइ बहुमत पुर्याउन साना दलहरुलाई पनि सरकारमा समेट्ने तयारी कांग्रेस र एमालेको छ । कुन–कुन साना दल सरकारमा जान्छन् भन्ने खुलेको छैन । लामो गृहकार्यपछि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्य राति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । २०८४ को निर्वाचन पनि उनैले गराउने छन् । राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ ।
सरकारको नेतृत्व सुरुमा एमालेले गर्ने र अर्थसहित ९ मन्त्रालय लिनेछ । कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । राजनीतिको विकसित घटनाक्रमबारे देउवा र ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत मध्य रातमै जानकारी गराएका छन् ।
नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि छलफल बाक्लिएको थियो । सहमतिका लागि ओली सोमबार राति ११ बजे बालकोटबाट बाहिरिएका थिए। सहमतिमा हस्ताक्षर भने सञ्चार उद्यमी रामेश्वर थापाको चपली हाइटस्थित घरमा भएको बताइएको छ ।
बिहान ९ बजे – बालुवाटारमा बैठक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच डेढ घण्टा वार्ता ।
अपराह्न ३ बजे – कांग्रेस पदाधिकारी बैठक ।
ओलीसँग संवाद भएको र सम्बन्ध सुमधुर बनेको देउवाद्वारा ब्रिफिङ ।
अपराह्न ४ बजे – सहमतिको मस्यौदा तयार ।
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा भेटघाट ।
संविधान संशोधनसहितको एजेन्डामा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रको मस्यौदा तयार ।
अपराह्न ४ बजे – मन्त्रिपरिषद् बैठक ।
गठबन्धन र सरकार तलमाथि नहुने भन्दै ढुक्क हुन मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको ब्रिफिङ ।
अपराह्न साढे ४ बजे – ओली-देउवा संक्षिप्त भेट ।
बबरमहलस्थित एक घरमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता ।
सहमतिमा सोमबार नै हस्ताक्षर गर्ने सहमति ।
अपराह्न ५ बजे – बोले ओली ।
संसद् पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सञ्चारकर्मीहरूको प्रश्न, प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? ओलीको जवाफ, यो वर्ष त त्यस्तो लाग्दैन मलाई ।
साँझ ६ बजे – माओवादी पदाधिकारी बैठक ।
प्रधानमन्त्री दाहाल र माओवादीका पदाधिकारीबीच छलफल ।
राति ९ बजे – कांग्रेस र एमालेको छुट्टाछुट्टै आन्तरिक छलफल ।
कांग्रेस सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा कांग्रेसका नेताहरूबीच छलफल ।
एमालेका मन्त्री तथा सचिवालय सदस्यहरू ओली निवास बालकोटमा ।
राति ११ बजे – निवासबाट ओली र देउवा निस्किए ।
एमाले महासचिव शंकर पोखरेललाई लिएर अध्यक्ष ओली चपली हाइटतर्फ प्रस्थान ।
देउवा बूढानीलकण्ठबाट सञ्चार उद्यमी रामेश्वर थापाको निवासमा पुगे ।
राति १२ः१५ बजे – सहमतिमा हस्ताक्षर
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तयार पारेको सहमतिपत्रमा हस्ताक्षर देउवा र ओलीले हस्ताक्षर गरे ।
ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, डेढ वर्षपछि देउवालाई पालो दिने र
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं