सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । उनी राजधानीको बौद्धबाट पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए । उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा उठाउने संगठित गिरोहमा संलग्नता खुलेपछि तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक हालसम्म फरार थिए, उनले गिरोहबाट कम्तीमा पनि एक करोड लिएको खुलेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार ०७:४९

लोकप्रिय