नुवाकोटको बिदुर नगरपालिका वडा न.१ ले ३४० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ । सर्वसाधारण भान्सा प्रदूषणरहित र धुवाँरहित वडा निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा विद्युतिय चुलो वितरण कार्य सुरु गरिएको हो ।
बिदुर नगरपालिकाका वडा न.१ को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उपमेयर प्रभा बोगटीले विद्युतीय चुलो वितरण गरेकी हुन् । अन्य इन्धनभन्दा सस्तो, सर्वसुलभ, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुलोप्रति उपभोक्ताहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।
बिदुर नगरपालिका वडा नं.१ को कार्यालयले आफ्नो वडा धुवाँरहित बनाउन तथा ग्यास (सिलिन्डर)को प्रतिस्थापन गर्नका लागि विद्युतीय चुलोको प्रयोग गराउन अभियान नै सुरु गरेको वडाध्यक्ष लेनिन रन्जितले बताए ।
वडाकै अग्रसरतामा वडाबासीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीय नागरिकले ३० प्रतिशत व्यहोर्ने गरि वडा कार्यालयले विद्युतीय चुलो प्रयोग अभियानकै रुपमा पहिलोपटक सुरु गरिएको वडाध्यक्ष रन्जितले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नुवाकोट