सूचनाको शक्ति - The Power Of Information

        

विचार

जीविकोपार्जनको बलियो आधार ‘कृषि’

कृषिको विविधिकरण, व्यवसायकरण, यान्त्रिकिकरण र गुणस्तरमार्फत गरिबी र बेरोजगारी जस्ता समस्याहरू न्यूनीकरण गर्न सकिन्छ । कृषिको विकाससँगै (देशको) कृषिसँग सम्बन्धित विभिन्न उद्योगहरूको स्थापना हुन्छ ।

कृषि भनेकै माटोको हेरफेर विधिबाट विभिन्न वस्तुहरुको उत्पादन गर्ने प्रक्रिया हो । कृषिलाई हामीले एउटा कला र विज्ञान हो भनेर पनि बुझ्न सक्छौं । यसमा विभिन्न विधिहरु र प्रविधिको आवश्यकता पर्न जान्छ । हामी मान्छेको जनसंख्या दिनदिनै बढ्दै गइरहेको छ । साथै आजको यस आधुनिककालमा जहाँ चौतर्फी विकासले गर्दा मान्छेको जीवनशैली पनि परिवर्तन भएको देखिन्छ । त्यसले गर्दा आयु सम्भाव्यता (Life Expectancy) पनि बढ्दै गएको हो । यस कारणले पनि मानिसको जनसंख्यामा धेरै वृद्धि भएको हो ।

तर हाम्रा प्राकृतिक स्रोतहरु जसमा सबैको जीवन भर पर्छ । त्यो यति छिटो बढ्दैन अर्थात् सिमित मात्रामा छन् । जस्तैः हावापानी, माटो (जग्गा जमिन) आदी । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने खाद्य तत्व, पौष्टिक तत्व, सम्पूर्ण हामीले कृषिबाट प्राप्त गर्दछौं । जस्तैः धान, गहुँ, मकै, कोदो, फापर, तरकारी, फलफुल आदी । आजको यस कालमा आधुनिकता एकता पनि कृषि र कृषि कार्य सम्पन्न गर्न र सुलभ उत्पादन गर्नका लागि प्राकृतिक स्रोत र संसाधन अत्यन्तै महत्वपूर्ण छन् ।

साथै जनसंख्या बढ्न साथ मानिसको जीवन निर्वाह गर्न चाहिने खाद्यतत्वको आवश्यकता पनि बढेको छ । कृतिम तरिकाले बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो खेतमा वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर उब्जाउने कार्य हो । पशुपालन, बाली उत्पादन, मत्स्यपालन र अन्य जीवजन्तुको पालन वा खेती यस अन्तर्गत पर्दछन् । नेपाली समाजलाई हेर्ने हो भने सबैभन्दा भरपर्दो पेशा कृषिलाई मान्न सकिन्छ । नेपालीको जिविकोपार्जनको बलियो आधार भनेकै कृषि नै हो ।

मानव सभ्यताको विकास क्रमसँगै परम्परागत रूपमा खेतीपातीको शुरुवात भएको पाइन्छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि नभई नहुने एउटा मुख्य पेशा हो । कतिपय मुलुकहरूले आधुनिकिकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तरिकाले तथा जीवन निर्वाहमुखी कृषि पेशा नै सिमित रहेको देखिन्छ । नेपाल कृतिमा आधुनिकतातर्फ बनिरहेता पनि अझैं पनि नेपालको अधिकांस क्षेत्र त परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमुखी रूपमै अगाडि बढिरहेको देखिन्छ ।

कृषि नेपालको लागि मुख्य पेशा भए पनि आजभोलि यो देश वार्षिक रूपमा खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा रहेको छ । नेपाल कृषि प्रधान देश हो । यहाँको ६६ प्रतिशत जनसंख्या कृषि पेशामा आवद्ध छ । नेपालमा रहेको तराई क्षेत्रमा पर्ने बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा भएका लगभग जनसङ्ख्याको मुख्य पेशा नै कृषि हो । यो ठाउँमा प्रसस्त मात्रामा कृषि उत्पादन गर्ने जग्गा जमिन छ । यो क्षेत्र उष्ण प्रदेशियमा (Tropical Region) पर्न जान्छ । जहाँको मौसमको तापक्रम, हावापानी वर्षभरि नै बाली र बोट बिरुवाको वृद्धि र उत्पादनको लागि उपयुक्त छ ।

यहाँ उत्पादन हुने प्रमुख खाद्यबाली जस्तैः धान, मकै, गहुँ, दाल, (मसुरो, अरहर, उर्द), तोरी (Mustard), तरकारी बाली, सागपात आदि । यो क्षेत्रमा रहेका धेरैजसो जनसङ्ख्याले जीवन निर्वाह हुने परम्परागत खेती विधिले कृषिको कार्य गर्छन् । साथै पशुपालन, माछापालन जस्ता केही नयाँ प्रविधिमा पनि लगानी लगाएर व्यापार गर्ने सोच गरेका केही युवक कृषकहरुलाई भेट्न सकिन्छ । यो गाउँपालिमा रहेका केही जनसङ्ख्या जो आलि कम पढेलेखेका छन् अर्थात् अशिक्षित वर्गहरूमा नयाँ प्रविधिलाई अपनाउन कठिन मानेको पाइन्छ ।

साथै कृषकसँग प्रयाप्त मात्रमा कृषि उत्पादन हुने जग्गा भएता पनि उहाँहरूको अर्थिक स्थितिले गर्दा पनि कृषि प्रविधिमा लाग्ने लगानी पुग्ने आवस्था देखिदैन । कृषि यहाँ धेरैजसो घर परिवारमा बर्षामा आधारित (Rainfed Agriculture) भई गरिन्छ भने कतिपय घर परिवारले आफ्नै पानी सिचाईको व्यवस्था (Irrigated Agriculture) मिलाएको पनि देख्न सकिन्छ । सिचाई व्यवस्था मिलाएर कृषि गर्ने कृषकहरु बर्षभरिमा तीन थरीका बाली जसमा मुख्यतया धान, गहुँ, तरकारी खेती, तोरी दाल आदी देखिन्छ भने बर्षामा आधारित कृषकहरू बर्षमा दुई बालीको उत्पादन गर्न सफल भएको पाइन्छ ।

आधुनिक तरिकाले जोताई (Primary Tillage) गर्नका निम्ति कि आफ्नै ट्रेक्टर कि छिमेकीको ट्रेक्टर भाडामा लिई गर्ने गरिन्छ । साथै गोरू, पावर टिलर आदिको पनि प्रयोग गरिएको पाइन्छ । यो क्षेत्रमा विभिन्न संस्थाहरूले समय समयमा तालिम दिने र बिउ, मल आदिलाई कृषकहरूमा बेत बितरण व्यवस्था पनि गरिएको देखिन्छ । साथै कतिपय कृषकहरू आफूले चाहिने बिउ र अन्य सामग्री यहाँबाट रहेको नजिकको सहर नेपालगन्जबाट किनेर ल्याउने गरेको पनि देखिन्छ ।

परम्परागत कृषि कार्य गर्ने कृषकहरुले आफ्नो बिउ आफैं राख्ने र अर्को वर्ष त्यहीँ बिउलाई रोप्ने गर्दछन् भने कतिपयले मजिकको भारतीय बजारमा पाइने बिउ मलको प्रयोग गर्ने गर्छन् । हाम्रो बजारभन्दा केही सस्तो मूल्यमा भारतीय बजारमा सामाग्री उपलब्ध भएकाले गर्दा पनि यहाँको कृषक भारतीय बजारतिर आकर्षित भएको पाइन्छ । यस कारणले स्वदेशमा रहेको सामाग्री र बिक्रीकर्तामाथि नराम्रो असर पर्न गएको पनि देखिन देख्न सकिन्छ । बालीमा लाग्ने रोग, किरा, ढुसी आदिको प्रकोपले पनि यहाँका कृषकलाई चिन्तित बनाइरहेको छ ।

यसको निवारणको लागि विवादी प्रयोग गरिएको पनि छ । तर कुनै कुनै कृषकले नबुझेर विषादी चाहिने मात्राभन्दा अधिक प्रयोग गर्दा रोग र किराको संक्रमण रोकथाम छिट्टै हुन्छ भन्ने सोच राखेर प्रयोग गरिएको भेटिन्छ । जसले बिरुवा, बाली, माटोको गुण, हावापानी, आफ्नो स्वास्थ्य साथै उपयोगकर्ताको स्वास्थ्य सङ्कटमा पुर्याउँछन् । रोपाई, गोडमेल र फसल काट्ने कार्यमा यहाँ महिलाको सहभागीता देखिन्छ । यसले गरिब वर्गको लागि पैसा कमाउने एउटा स्रोत पनि दिन्छ । यहाँका कृषकहरूले आफ्नों उत्पादन गरेको उचित मूल्य नपाउने र सहर बजारमा गएर सस्तो मूल्यमा बेच्ने एउटा समस्या देखिएको छ ।

यस कारणले उहाँहरू हुने जतिको फाइदा (Profit) नहुने र कृषि कार्यमा आकर्षण घट्दै गएको पनि देखिन्छ । कृषि आधुनिकरणमा लगभग तीन दशक पुग्न लाग्दा पनि योगदान कृषिप्रतिको आम धारणामा खासै परिवर्तन आउन सकेको छैन । शिक्षा र रोजगारका लागि विदेश मात्र होइन, सहर समेत पसेका गाउँ फर्कन चाहँदैनन् । आफ्नै गाउँघरमा उत्पादन हुने प्रमुख खाद्यबाली, स्रोत साधन पाएको खण्डमा कृषिको मद्दतले उत्पादन गर्न सकिन्छ र कृषि विकास कार्यमा पनि सहभागी भइन्छ ।

कृषिको विविधिकरण, व्यवसायकरण, यान्त्रिकिकरण र गुणस्तरमार्फत गरिबी र बेरोजगारी जस्ता समस्याहरू न्यूनीकरण गर्न सकिन्छ । कृषिको विकाससँगै (देशको) कृषिसँग सम्बन्धित विभिन्न उद्योगहरूको स्थापना हुन्छ । जसबाट सर्वसाधारणले रोजगारीको अवसर पाउँछन् र विदेशिनुपर्दैन । यही गाउँपालिकामा रहेको विद्यालयहरू मध्ये श्री जय किसान माध्यमिक विद्यालय, भोजपुर–६ मा प्रविधिक धारतर्फ बाली विज्ञान (Plant Science) कोर्सलाई कक्षा ९ देखि १२ सम्म अध्ययन गराइन्छ ।

यहाँ पठनपाठन गर्ने विद्यार्थीहरूलाई कृषि प्रविधिका नयाँ नयाँ तरिका र बाली तरकारी (Technique), मेसिनको प्रयोग र बाली, तरकारी, च्याउ, मह आदि उत्पादन गर्दा के–कस्ता कार्य गर्नुपर्छ र यसका के–कस्ता सम्भावनाहरू छन् । साथै यी उत्पादित सामग्रीको खपत र बजारमा बिक्री कसरी गर्दा सुलभ र लाभदायी मूल्य प्राप्त गर्न सकिन्छ जस्ता कुराहरू सिकाइन्छ । साथै, नियमित रूपमा यस विषयमा रहेको कुराहरुलाई मौखिक, लिखित र प्रयोगात्मक तरिकाले पठनपाठन गराइन्छ ।

भोलिका दिनमा यहाँबाट कृषि धारतर्फबाट केही कुरा र विधि सिकेर आफ्नो र आफ्नो गाउँघरका बुबाआमा लगायत घर–छिमेकी सम्पूर्णमा परम्परागत कृषि शैलीलाई बदलेर नयाँ प्रविधि अपनाउनमा अवश्य नै सहायता पुर्याउने छन् र कृषितर्फ विकासको कार्यमा अग्रसर हुनेछन् । यसरी यस क्षेत्रमा श्री जय किसान माध्यमिक विद्यालयको पाने ठूलो भूमिका रहेको बुझ्न सकिन्छ ।

  • हामीले खाद्यान्नको उत्पादन गरी आत्मनिर्भर भई खाद्य सुरक्षा कायम गर्न सक्छौ । जसबाट भोकमरी, खाद्यान्नको संकट जस्ता समस्याहरूलाई जरैबाट हटाउन सक्षम हुनेछौं ।
  • गाउँघरमा उत्पादन भएको खाद्यान्नको प्रयोगले हामी स्वस्थ हुनुको साथै शरिरलाई महत्वपूर्ण पौष्टिक तत्व उपलब्ध हुन्छ ।
  • अधिकतम मात्रामा कृषिजन्य खाद्यको उत्पादन गरी व्ययसलाई विदेशमा समेत निर्यात गरी व्यापार बिस्तार गर्न सकिन्छ ।
  • कृषिले हामीलाई प्रमुख कुरामा आत्मनिर्भर हुन मद्दत गर्छ । जसले गर्दा युवाहरुको कृषिमा आकर्षण गरी विदेशीने युवाहरुलाई नि मद्दत पुर्याउँछ र स्वदेशमै काम गर्ने बाटो देखाउँछ, जसले गर्दा अर्थतन्त्रको निर्मानमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

कृषिको विकासको लागि अनुसन्धान एकदमै अपरिहार्य कार्य हो । जसको मद्दतले हामीले कृषिको विकासको लागि कृषि क्षेत्रमा नयाँ–नयाँ कुराहरूको खोज र अनुसन्धान पनि गर्न सक्छौ । जस्तै बिरुवाहरू उत्पादकत्व क्षमता रोग किरासँग लड्न सक्ने क्षमता नयाँ बिरुवाहरू उत्पादन आदी गर्न सक्छौं । त्यसरी नै नयाँ प्रजातिका बिरुवाको अविस्कार, बिरुवा तथा जनावरको बसाईमा सुधार, उत्पादन क्षमता धेरै भएको बिरुवा विकास, हावापानी र माटोमा सन्तुलन साथ–साथै आधुनिक खेती गर्ने प्रविधिको विकास हुँदै जान्छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ०९:०५

लोकप्रिय