सूचनाको शक्ति - The Power Of Information

        

सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीमा अर्को जाहेरी दर्ता

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा अर्को जाहेरी दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो ।

सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल)ले रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए । उक्त जाहेरी हिजो बुधबार दर्ता भएको हो । ‘मैले हुलाकबाट पठाएको थिएँ, हुलाकले भर्पाइ दिएको छ, यसैलाई दर्ता भएको मानिन्छ,’ जाहेरवाल पौडेलले भने ।

 

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १६:२७

लोकप्रिय