सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ स्थिर, चाँदी सस्तियो

सुनको भाउ तेस्रो दिन पनि स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत सोमबारदेखि नै सुनको भाउ स्थिर रहेको छ ।

महासङ्घले प्रकाशित गरेको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ८१५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ८०५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ११:०५

लोकप्रिय