संघीय संसद भवनमा नेपाल प्रहरीका एक जना जवानले आफैँमाथि गोली चलाएर मृत्यु भएको आत्महत्या गरेका छन् । नयाँ बानेश्वरस्थित् संघीय संसद भवनभित्र प्रहरीका ती जवानले शौचालयमा आफैँलाई गोली हानेका हुन् ।
नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत २२ वर्षीय प्रहरी जवान अजित गोलेले संघीय संसद भवनको दुई नम्बर गेटको शौचालयमा आफैँमाथि गोली हानेका हुन् । आज बिहान ६ बजेदेखि ड्युटीमा रहेका अजितले शौचालयभित्र गएर पेस्तोलले आफ्नो निधारमा गोली हानेका थिए ।
उनी बिहान ड्युटीमा रहेको र सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । किन आफैँलाई गोली हाने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं