लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड, पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन र ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
विनियोजित बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने १२ अर्ब १ करोड, रोयल्टी ५० करोड, स्थानीय तहबाट राजस्व बाँडफाँट २ अर्ब ५२ करोड रहेको छ ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब २८ करोड, ससर्त ४ अर्ब १९ करोड, समपूरक अनुदानबाट ७९ करोड र विशेष अनुदानबाट ७४ करोड रहेको छ । चालू आर्थिक वर्षको नगद मौज्दातबाट २ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।
लुम्बिनीले बाली र पशुपन्छि क्षेत्रको विकासलागि १० करोड विनियोजन गरेको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । वाली वस्तुमा देखिनी रोग नियन्त्रण तथा परिक्षणकालागि स्थानिय तहमा २५० प्राविधिकलाई निरन्तरता दिदै १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
लुम्बिनी प्रदेश अस्पताल बुटवलमा एमआरआई सेवा सञ्चालन हुने छ । आगामी आर्थिक वर्षको बजेटमा नयाँ सेवा थप गर्नको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । सहरी क्षेत्रमा एम्बुलेन्सबाट उद्धार र दुर्गम क्षेत्रमा हवाई उद्दार गरिने बजेटमा उल्लेख छ । आँखा गुमाएकालाई निशुल्क नानी प्रत्यारोपण गर्न बजेट विनियोजन गरेको छ ।
प्रदेशका एम्बुलेन्समा जीपीएस जोड्ने भएको छ । लुम्बिनी प्रदेशले विद्यालय, क्याम्पसको पूर्वधार र प्रविधी जडानकोलागि शिक्षा क्षेत्रकोलागि १ अर्ब १० करोड विनियोजन गरेको छ । लुम्बिनीको गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्वविद्यालयकोलागि ९ करोड रुपैयाँ छुट्टाएका छन् ।
उद्योग तथा वाणिज्य फर्म दर्ता र नवीकरण गर्नको लागि विद्युतीय प्रणाली सुरु गर्ने भएको छ । दर्ता भएर नवीकरण नभएका उद्योग तथा फर्मले नविकरण गर्दा जरिवानाको ५ प्रतिशत मात्रै तिरे पुग्ने व्यवस्था गरेको छ । प्युठानको स्वर्गदारी, गुल्मीको रेसुङ्गा, रुरु क्षेत्र, अर्घखाँचीको सुपादेउराली लगायतका धार्मिक क्षेत्रलाई प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको छ ।
रुकुम, रोल्पा, प्युठान, गुल्मी र पाल्पालाई टिमुर पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक थप २५ सय हेक्टर क्षेत्रमा १२ महिनै सिचाई हुनेगरी पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको छ । विद्युत नपुगेको ठाउँमा वैकल्पीक १५ करोड रुपैयाँ विनियोजन गरेको छ । गौरवको आयोजना रामपुर–जिनवाङ सडक खण्डको लागि १६ करोड विनियोजन गरेको छ ।
चरङ्गे शिद्धबावा बैकल्पीक सडक निर्माणकोलागि बजेट विनियोजन गरेको छ । स्थानीय तहका केन्द्रसम्म कालोपत्रे पुर्याउन ३७ करोड रुपैयाँ विनियोजन गरेको छ । रुकुम पूर्वका ७ वटा वडामा सडकको पहुँच पुर्याउन बजेट छुट्याएको छ । निर्माणाधीन १०० पुल र नयाँ पुलको लागि १ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
झोलुङ्गे पुलको निर्माण गर्न १७ करोड रुपैयाँ छुट्याएको छ । स्थानीय तहले निर्माण गर्ने झोलुङ्गे पुलमा प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । एक स्थानीय तह एक हेलिप्याडलाई निरन्तरता दिएको छ । लुम्बिनी प्रदेशले आफ्ना कर्मचारीलाई देउखुरी जानको लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । बजेट घोषणामार्फत धेरै कर्मचारी भएको ठाउँमा निशुल्क बस सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लुम्बिनी