पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । गाउँपालिका–९ स्थित ढकेरीमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका–८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार गएराति करिब ९ बजेर ३५ मिनेट जादा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करपश्चात् विष्टको घटनास्थलमै मृत्यु भएएको हो ।
स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेको उनले बताए । दुर्घटनापश्चात् टिपरचालक फरार छन् भने गाडी मालिक प्रहरीको सम्पर्क आएका छन् । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ ।
मृतक विष्ट राप्तीसोनारी गाउँपालिका–८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव रहेको स्थानीय पत्रकार कवीन्द्र परियारले जानकारी दिए । परियारका अनुसार मृतकको शव अहिलेसम्म पनि सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके