सूचनाको शक्ति - The Power Of Information

        

अण्डा कसरी खाने, कति खाने ?

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन् । वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ ।

ती सबैका अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यतः सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ । तर एक दिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईँलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? आउनुहोस् यस बारेमा चर्चा गरौँ

चिकित्सकहरू पोषक तत्त्वले भरपुर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्त्वले भरपुर हुन्छ ।

आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटिन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटिनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ ।

अण्डामा कोलेस्ट्रोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिस हार्ट फाउन्डेसनले सन् २००७ मा हप्तामा तीन वटा अण्डा मात्र खाने सल्लाह दिएको थियो । डाइटिसियनका अनुसार अण्डा खानु छ भने सादा तरिकाले उमालेर खानुपर्छ ।

अम्लेट बनाइएको या फ्राई गरिएको अण्डामा कोलेस्ट्रोलको मात्रा बढ्छ । यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ । अण्डाको सेतो भागलाई डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेँलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १०:०९

लोकप्रिय