नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा बाँकेमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । युनियन बाँकेले स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुका लागि आज नेपालगञ्जमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको हो ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा संचालन भएको शिविरको उद्घाटन शत्रमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डेले आफ्ना लागि कुनै सेड्युल नहुने पत्रकारहरु लक्षित शिविरको सराहना गरिन् ।
“राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रमा लाग्ने पत्रकारहरुलाई आफ्ना लागि समय नै हुँदैन,” स्वास्थ्य बिभाग प्रमुख पाण्डेले भनिन्, “प्रेस युनियनले सधैं अरुलाई सुसूचित गर्ने जिम्मेवारी बोक्ने पत्रकारहरुका लागि स्वास्थ्य शिविर आयोजना गर्नु एकदमै राम्रो कार्य हो ।”
पत्रकाहरुको कार्यप्रति उच्च सम्मान रहेको बताउँदै उनले पत्रकारिताको आचारसंहितालाई ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले संचारमाध्यमको फोलोवर र सब्सक्राइब बढाउनका लागि सत्यतथ्यलाई भुल्न नहुनेमा जोड दिइन् ।
कुनै बेला आफू पनि पत्रकार बन्न लालयित रहेको कुरा केलाउँदै स्वास्थ्य बिभाग प्रमुख पाण्डेले समय र अवस्थाले आफ्नो संलग्नता स्वास्थ्य क्षेत्रमा भएको बताइन् । पत्रकारका लागि आचारसंहिता रहेको र सो नीति नियमभित्र रहेर कार्य गरिएकै कारण राज्यले पत्रकारितालाई चौथो अंङ्गका रुपमा परिभाषित गरेको उनले उल्लेख गरिन् ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले देशकै जेठो संगठनका रुपमा रहेको युनियनले नेपाली पत्रकारिता क्षेत्रमा इतिहास बनाएको बताए । उनले प्रजातन्त्रको पुनर्बहाली पश्चात उदय भएको युनियनले देशमा लोकतन्त्रका लागि पनि ठूलो भूमिका निर्वाह गरेको धारणा राखे । गिरीले प्रेस युनियन बाँकेले प्रदेशमै उत्कृष्ट गतिविधिहरु गर्दै आएको पनि बताए ।
उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष संगिन शर्माले युनियनले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रमका लागि धन्यवाद दिए । उनले युनियन बाँकेले निरन्तर रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै स्थापना दिवसको शुभकामना दिनुका साथै युनियनको कार्यलाई अन्यले सिको गर्नुपर्ने बताए ।
पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार निरज गौतम, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्लेले स्वास्थ्य शिविरले पत्रकारहरुलाई आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्ने भावना विकास गर्न प्रेरित गर्ने बताए ।
शिविरमा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन कर्णाली प्रदेश सचिव रमा केसी, महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, महासंघका पूर्व महासचिव पोषण केसी, महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, युनियन बाँके शाखाका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतको सहभागिता रहेको थियो ।
नेपालगञ्ज गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्निनिक एण्ड डाइग्नोष्टिक सेन्टरको सहकार्यमा गरिएको शिविरमा पश्चिम नेपालका एक मात्र नेफ्रोलोजिष्ट (मृगौला रोग बिशेषज्ञ) डा.सौरभ सिंह हमालले बिशेषज्ञ सेवा प्रदान गरेका थिए ।
पछिल्लो समय मानिसको मृत्यु हुने सातौं समस्याका रुपमा मृगौला रोगको कारण देखिएको डा. हमालले जानकारी दिए । युनियन बाँके शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सचिव भिष्म लोधले संचालन गरेका थिए ।
३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले मैत्रीपूर्ण फुटसल प्रतियोगिता र पत्रकारहरु लक्षित स्वास्थ्य शिविर गरेको हो । स्वास्थ्य शिविरमा बाँकेका ५५ बढी पत्रकारहरुले सेवा लिएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके