सूचनाको शक्ति - The Power Of Information

        

आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जयको मृत्यु

ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । बैशाख २३ गते ललितपुर महानगरपालिका वडा नं.१७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा सञ्जयसहित एकै परिवारका पाँच जना घाइते भएका थिए ।

सो आगलागीमा परी घाइते भएका सञ्जयको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । यो सँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सञ्जयकी श्रीमती रूपा, दुई जना छोरीहरू आठ वर्षीया अलिसा र चार वर्षीया प्रियाको पनि उपचारका क्रममा किष्ट अस्पतालमै मृत्यु भएको थियो । भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार ०९:३५

लोकप्रिय