सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् ।

गुजरातको अहमदाबादमा  हुने खेल  नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ ।

कोलकाताको कप्तानी श्रीयास ऐयर र गुजरातको कप्तानी सुभमन गिलले गर्नेछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०९:५९

लोकप्रिय