चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासी फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेको र तीमध्ये आठ जना अलि बढी बिरामी भएकोले उनिहरु सबैको उपचार गरिएपछि झाडापखाला नियन्त्रणमा आएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख केसीले राप्ती सोनारी अस्पतालका चिकित्सक डा. राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको उपचार गरेको र तीनजनालाई स्वास्थ्य चौकीमा ल्याएर थप गरिएको बताउनुभयो ।
खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट सो स्वास्थ्य चौकीका प्रमुख अमरसिंह महताराको नेतृत्वमा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसी लगायतको टोली टोलीले पनि तत्काल गाउँमै पुगेर उपचार सुरु गरेको थियो ।
गाउँमा भएको एक भोजमा खानेपानीमा समस्या भएकोले पखाला फैलिएको जानकारी पाएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख केसीले पानी शुद्धिकरण गर्ने औषधी र पखालाका अन्य औषधीसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिटै नियन्त्रणमा आएको बताउनुभयो ।
यसअघि झाडापखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर सो बारेमा जानकारी गराइएको राप्तीसोनारीको स्वास्थ्य शाखाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके