प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तयारीमा जुटेको छ ।
यसका लागि विभिन्न तहमा छलफल भइरहेको कांग्रेस संसदहरुको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरिएको छ ।
यो बेला कांग्रेसले सदन अवरोध नगर्ने तयारीका विषयमा छलफल चलिरहेको छ । १ गतेभन्दा अगाडि नै सहमति गरेर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने तयारीमा सबै दलहरू जुटेका छन् ।
यसबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी छलफलमा छौँ । सल्लाह गर्छौ ।’ यता एमाले प्रमुख सचेतक महेश बर्तौला पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले नीति तथा कार्यक्रम नै रोक्न नहुने तर्क गर्छन् । उनले भने, ‘मिलेर जान्छ ।’
कांग्रेसले नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने गरी अडान कायम राखेमा नयाँ खालको राजनीतिक घटनाक्रम विकास हुने सत्ता पक्षका नेताहरू बताउँछन् ।
अहिले देउवा निवास बूढानीलकण्ठमा यसबारे छलफल गर्न पदाधिकारी बैठक बसिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ