सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेले भने, ‘घटना घटेको होइन, घटाइएको हो’

बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले घटना घटेको नभई कसैबाट घटाइएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’

आफू दोषी प्रमाणित भए फाँसीमा चढाए पनि हुने लामिछानेको भनाइ छ । ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई आठ वर्षले पुग्दै पुग्दैन । तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ,’ उनको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १४:३३

लोकप्रिय