२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

सल्यानमा चट्याङबाट मरे आधा दर्जन पशु चौपाया

सल्यानमा चट्याङबाट आधा दर्जन पशु-चौपाया मरेका छन्।

मंगलबार राति १० बजेतिर जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–५ स्थित स्थानीय किसान लालवीर पुनको गोठमा परेको चट्याङ लागेर आधा दर्जन पशु चौपाया मरेका हुन्।

सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार चट्याङबाट चार बाख्रा, दुई गाई र एउटा गोरु मरेको छन्।

घटनास्थल सल्लीबजारदेखि झन्डै २१ किलोमिटर टाढा पर्छ। घटनास्थलमा प्रहरी पुगेको डिएसपी कार्कीले बताए।

त्यस्तै, रोल्पामा हावाहुरीका कारण एक दर्जन घरमा क्षति पुगेको छ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार थवाङमा हावाहुरीका कारण एक दर्जन घरमा क्षति पुगेको छ।

हावाहुरीका कारण थवाङमा जस्ता पाताले छाएका १२ वटा घरको छाना उडाएको डिएसपी लामाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ वैशाख २६ गते बुधबार