सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनका राष्ट्रपतिको हत्या प्रयासमा आफ्नै दुई कर्णेल संलग्न

युक्रेनियन्स सेक्युरिटी सर्भिस(एसबीयू)ले रसियाले दुई युक्रेनी कर्णेललाई प्रयोग गरेर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या प्रयास गरेकोमा त्यसलाई असफल पारिएको दाबी गरेको छ ।

एसबीयूका अनुसार सरकारी प्रतिरक्षा युनिटका दुई कर्णेललाई सो मामिलामा पक्राउ गरिएको छ । ती युक्रेनी कर्णेलले रुसको रसियन स्टेट सेक्युरिटी सर्भिस (एफएसबी)सँग मिलेर काम गरेको आरोप लगाइएको छ । उनीहरूले राष्ट्रपतिको हत्याका लागि उनका बडीगार्डमध्येबाट उपयोग गर्न खोजेको जनाइएको छ ।

रुसबाट टार्गेट गरिएका अन्य व्यक्तिमा सैन्य गुप्तचरी विभागका प्रमुख किरिलो बुडानोभ र एसबीयूका प्रमुख भाजिल मालियुक पनि रहेका थिए । बुडानोभलाई मे ५ का दिन अर्थोडक्स इस्टरको अवसरमा हत्या गर्न खोजिएको जनाइएको छ ।

युक्रेनको  सुरक्षा निकायले संम्भवतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ कार्यकाल सुरु हुनुअघिको उपहारको रूपमा उनको हत्या गर्न खोजिएको अनुमान गरेको छ । पुटिनको नयाँ कार्यकाल हिजो (मंगलबार)बाट सुरु भएको छ ।

रुसी आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले केही दिनअघि मात्रै युक्रेनका राष्ट्रपतिलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेको थियो । युक्रेनमा पक्राउ परेका कर्णेलहरूलाई भने देशद्रोहमा कारबाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ०९:३३

लोकप्रिय