बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये चार अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ ।
बुधवार विहान २ः३० बजेको समयमा बैतडीको सुर्नया गाउँपालिका–३, सिदुन स्थित सतबाँज गोकुलेश्वर सडक खण्डमा धनगढीबाट बैतडी, तल्लादेहीतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ज ३८५ नं.को. बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट ६५ मिटर तल खसेको छ ।
दुर्घटनामा परि पुचौंडी नपा–९ तल्लादेहीका २७ वर्षीय दीपक पार्की, उहाँका छोरा वर्ष ८ का प्रदीप पार्की, वर्ष ४१ का धनजित पार्की, वर्ष १५ की रेखा पार्की, वर्ष २२ की कृष्णा पार्की, डिलासैनी गापा–४, तडिवडा बस्ने वर्ष ३३ का करवीर सार्की, बस्ने वर्ष ७४ की मनोरी सार्की रहनु भएको छ । घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याइएको छ ।
गम्भीर घाइते दीपक पार्की, उहाँका ८ वर्षीय छोरा प्रदीप पार्की, पुरर्चौडीकै धनजित पार्की, उहाँकी छोरी १५ वर्षीय रेखा पार्कीलाई धनगढी रेफर गरिएको छ । घाइतेको उद्धारका लागि सतबाँझ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दीर्घ बहादुर ऐरको कमान्डमा प्रहरी टोली खटिएको छ ।
दुर्घटनापछि फरार रहेका जिप चालक पुर्चौडी नगरपालिका– ९ तल्लादेही बस्ने २३ वर्षीय सुरेन्द्र पुजाराको खोजी भईरहेको प्रहरीले जनाएको छ । जिप साहु पुर्चौडी नागरपालिका–९, तल्लादेही बस्ने नरेन्द्र बोहरा सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ