इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ।
हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले । आईपिएलमा यादबको पहिलो तथा टि –२० क्रिकेटमा पाँचौ शतक हो ।
तिलक बर्माले नटआउट ३७ रन जोडे । त्यसअघि वानखेडे रंगशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ४८ रन बनाए ।
नितिश कुमार रेड्डीले २० र म्याक्रो जानसेनले १७ रन जोडे । मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए ।
जितपछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अंकसहित चौथो स्थानमा छ । प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ