अघिल्लो वैशाखदेखि एक वर्षको बीचमा नेपालमा १ हजार ५४७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । दुर्घटनाबाट ४ हजार १४७ जना गम्भीर घाइते भएको गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
शुक्रबार काठमाडौंमा भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले अघिल्लो वैशाखदेखि यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्बाट ६३ जना र आगलागीबाट २६ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए
यो ०८० वैशाखदेखि ०८१ वैशाख २० गतेसम्म गृह मन्त्रालयले राखेको तथ्यांक हो । यो अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबर क्षति भएको जनाएको छ । यसमा सरकारले प्राकृतिक र गैरप्राकृतिक दुवैथरि विपद्लाई समेटेको सचिव अर्यालको भनाइ छ ।
सचिव अर्यालले विपद्बाट १० वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि जानकारी दिए । उनका अनुुसार दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका छन् ।
पछिल्लो समय बढिरहेको प्राकृतिक र गैरप्राकृतिक विपद्ले कूल ग्राहस्थ उत्पादनमै क्षति पुगेको मन्त्रालयको भनाइ छ । राहत, उद्धारलगायतका काममा धेरै खर्च गर्नुपर्दा विकास निर्माणमा खर्च गर्न नसक्ने उनको भनाइ छ ।
‘विपद् नेपालको लागि एकदमै चुनौतिको विषय भएर आइराखेको छ । चौपाया, अनाजहरु लगायत, पूर्वाधार क्षतिको हिसाबले ज्यादै ठुलो क्षति नेपालले व्यहोरिराख्नु परेको छ’, उनले भने ।
सचिव अर्यालले विपद् व्यवस्थापनसम्बन्धी ऐन, कानुनहरुलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्रालय त्यसमा लागि परिरहेको सचिव अर्यालको दाबी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ