देशभर नै पानी पर्न नसकेको धेरै दिन भइसक्यो । दिनभर चर्काे घाम लाग्दा तापक्रम बढेर तराई मात्र होइन, काठमाडौँ उपत्यकाजस्ता पहाडी क्षेत्रमा समेत जनजीवन कष्टकर भइरहेको छ । बोटबिरुवा मर्न थालिसके । तर अझै पानी पर्ने संकेत देखिएको छैन ।
यस्तो सुक्खा कहिलेसम्म हो ? पानी पर्दैन ? मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले आउने शनिबार (वैशाख २२ गते) देखि भने मौसम केही परिवर्तन हुने सम्भावना देखिएको बताए ।
‘शनिबार पश्चिम नेपालबाट सिस्टम (पश्चिमी वायु) आउने देखिएको छ,’ उनले भने, ‘बादल मजैसँग आउने सम्भावना छ, पर्याप्त पानी नपरे पनि देशभर मौसम तुलनात्मक रूपमा शीतल हुने अपेक्षा छ, केही राहत पक्कै हुन्छ ।’
उनका अनुसार पश्चिमबाट भित्रिने मौसमी प्रणाली खासै बलियो हुँदैन । जसले गर्दा बादल भित्री हाले पनि व्यापक मात्रामा वर्षा हुने सम्भावना अलि हुँदैन । ‘पूर्वबाट भित्रिने प्रणालीले चाहिँ राम्रोसँग वर्षा गराउने सम्भावना हुन्छ,’ उनले भने, ‘अहिलेसम्म त्यो सम्भावना देखिन्न ।’
तर शनिबार भित्रिने पश्चिमी वायुले पनि शनिबारदेखि देशका धेरै ठाउँमा वर्षा गराउने सम्भावना भने रहेको मौसमविद् अर्यालको भनाइ छ । मौसमविद् अर्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रि–मनसुनको सिजन सुक्खा भएको हो ।
‘गत वर्ष यतिबेलासम्म निकै पानी परेको थियो,’ उनले भने, ‘अहिले त प्रिमनसुनको अवधि आधा बितिसक्यो, अब आधा मात्र बाँकी छ, त्यसपछि त मनसुन नै आउँछ ।’ यसो हुनुको कारण जलवायु परिवर्तन लगायत थुप्रै कारण रहेको उनको भनाइ छ ।
मौसमविद्का अनुसार गत मार्च १ मा सुरु प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म प्रिमनसुन नै मानिन्छ । नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं