जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे बढी भन्दा बढीलाई जानकारी गराउन सचेतना अभियानलाई तिव्र पारेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले सवारी चालकलाई जिम्मेवार बनाई दुर्घटना न्युनिकरण गर्दै जाने सर्वसाधारणलाई समेत ट्राफिक नियम बारे सचेत गर्ने अभियान बाँकेमा दैनिक चलिरहेको बताउनुभयो।
उहाँले जिल्लाका विभिन्न स्थानमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले सवारी चालकलाई जम्मा गरेर तीव्र गतिमा सवारी नचलाउन, हेल्मेट सधैं प्रयोग गर्न तथा मापसे र लापसे नगर्न हरेक दिन अनुरोध गर्दै आएको बताउनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्ग, कोहलपुर–नेपालगन्ज सडक खण्डसँगै दुर्घटना धेरै हुने अन्य विभिन्न ठाउँको पहिचान गरेर सचेतना अभियानलाई निरन्तरता दिइएको छ।
ट्राफिक प्रहरीले पैदल यात्रु र साइकल चालकलाई समेत ट्राफिक नियमको बारेमा जानकारी गराउने कार्य गर्दै आएको छ। पैदलयात्रुलाई सडक पेटीमा हिँड्न र जेब्राक्रसिङबाट बाटो काट्न सिकाउने गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले जनाउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके