छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयतादेखि सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ ।
कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३२८ जनाले पास लिएका छन् भने ८७८ जनाले पास नवीकरण गरेका छन् । जिल्ला प्रशासन हुम्लाले ताक्लाकोटमा व्यापार, व्यवसाय र रोजगारका लागि जाने जिल्लाका नागरिकलाई एक वर्षका लागि पास उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष वैशाख १८ गतेदेखि हिल्सानाका चीनले दुईतर्फी खुला गरेपछि जिल्ला प्रशासनमा सीमा पास बनाउन आउने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । फागुनमा दैनिक पाँचदेखि १० जनासम्म सीमा पासका लागि आउने गरेको भए पनि चैतको दोस्रो सातादेखि सेवाग्राही नागरिकको सङ्ख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
पछिल्लो समय औसतमा ३० देखि ४० जनालाई उक्त पास प्रदान गरिँदै आइएको पोखरेलले जानकारी दिए । सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको उहाँको भनाइ छ । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाका नागरिकसमेत सीमा पास बनाउन आएका प्रजिअ पोखरेलले बताए ।
हुम्लावासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ । ताक्लाकोटमा नेपालबाट निकासी भएर गएको फुरु, गुच्ची च्याउ, थाक्ना, जडीबुटीलगायतका सामान व्यापार हुनेगर्छ भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री नेपालमा आयात हुने गर्छ ।
केही दिनअघि मात्रै उत्तरी नाम्खा र सिमकोट गाउँपालिका–७ डाडाँफया र वडा नं ८ स्याडाका युवा रोजगारीका लागि चीनको ताक्लाकोट पुगिसकेको जानकारी आएको उनको भनाइ छ । नारा र न्यालु लेकको हिउँ केही दिनमा पन्छाएसँगै उत्तरी भेगका युवा रोजगारीका लागि ताक्लाकोट पुगिसकेको स्थानीयले बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । हुम्ला